संशोधन विधेयकविरुद्ध सरकारी कार्यालयमा धर्ना
सरकारले संसदमा दर्ता गराएको संशोधन विधेयक विरुद्ध आज अर्घाखाँचीका सरकारी कार्यालयमा स्थानीयले धर्ना दिएका छन् ।
पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला छुट्याउने गरी संसोधन प्रस्ताव दर्ता भएपछि त्यसको विरोधमा पाँच नम्बर प्रदेशका विभिन्न स्थानमा लगातार विरोधका कार्यक्रमहरु भइरहेका छन् ।
आज, २३ मंसीरमा जिल्ला प्रशासन, जिल्ला अदालत, जिल्ला विकास समिति, खानेपानी, मालपोत लगायतका सबै सरकारी कार्यलयमा बिहान ९ बजे देखि ११ बजे सम्म स्थनीयहरुले गेटमा बसी कर्मचारी प्रवेशमा समेत अवरोध गरे ।
प्रेम आचार्य, अर्घाखाँची