सर्वोच्चद्वारा संविधान संशोधनको प्रयोजन खुलाउन आदेश
सरकारले संविधान संशोधनका लागि संसदमा विधेयक दर्ता गराएपछि त्यसविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले संशोधनको प्रयोजन खुलाउन विपक्षीका नाममा आदेश दिएको छ ।
संविधान संशोधन विधेयक नेपालको संविधान विरुद्ध रहेको भन्दै अधिवक्ता टीकाध्वज खड्काले सर्वोच्चमा दायर गरेको रिटमा सुनुवाई गर्दै सर्वोच्चले ५ पुसभित्र संशोधन गर्नुपर्ने कारण पेश गर्न नेपाल सरकार, प्रधानमन्त्री र सभामुखलाई आदेश दिएको हो ।
उक्त मुद्दामा पूर्व सांसदहरु विष्णुबहादुर राउतसमेत आठजनाले समेत निवेदन दिएका थिए । दुवै निवेदनलाई साथै राखेर न्यायाधीश जगदीशप्रसाद शर्माको इजलासले संविधान संशोधनको विषय तत्काल रोक्ने वा नरोक्ने बारे छलफल गर्न विपक्षीलाई ५ पुसमा अदालतमा उपस्थित हुन समेत आदेश दिएको छ ।
त्यसपछि मात्रै अदालतले अन्तरिम आदेश दिने वा नदिने निर्णय गर्नेछ ।