कर्णाली नदीमा जीप खस्दा सबै यात्रु बेपत्ता
हुम्लाको खार्पुनाथ गाउँपालिका–५ कैलावालुस्थित सडकबाट यात्रुवाहक जीप कर्णाली नदीमा खस्दा सबै यात्रु बेपत्ता भएको जनाइएको छ ।
खार्पुनाथबाट गाउँपालिकाको केन्द्र याञ्चुतर्फ जाँदै गरेको लु१ज७१६६ नम्बरको जीप कर्णालीमा खसेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
जीपमा १० भन्दा बढी यात्रु सवार भएको बताइएकाे छ । जीपमा सवार सबै यात्रु बेपत्ता भएको पनि प्रहरीले बताएको छ ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय बासिन्दाको प्रयासमा उद्धार अहिले जीप र यात्रुको खोजी भइरहेको जनाइएको छ ।