तारेखमा छुटे प्रनेश गौतम
साइबर अपराधको अभियोगमा पक्राउ परेका प्रनेश गौतम तारेखमा छुटेका छन् ।
गौतम बिहीबार राति प्रहरीको सम्पर्कमा रहने गरी छुटेका हुन् ।
अपराध महाशाखाले गौतमलाई चलचित्र ‘वीर विक्रम–२’ का निर्माता/निर्देशक मिलन चाम्सको उजुरीपछि नियन्त्रणमा लिएर हिरासतमा राखेको थियो ।
२४ जेठदेखि उनी प्रहरी हिरासतमा थिए । उनको रिहाइको माग गर्दै २९ जेठमा काठमाडौंमा प्रदर्शन समेत भएको थियो ।
काठमाडौं जिल्ला अदालतले २९ जेठमा गौतमलाई थप दुई दिन हिरासतमा राख्ने अनुमति दिएको थियो । अहिले उनी अदालतमा हाजिर भएका छन् ।
पढ्नुहाेस्: