भारतीय वायु सेनामा सवार सबै १३ सैनिक मृत्यु भएको पुष्टि
३ जुनमा असमको जोरहाटबाट उडेको भारतीय वायु सेनाको विमान एएन–३२ मा सवार सबै १३ सेनाको मृत्यु भएको पुष्टि भएको छ ।
भारतीय वायु सेवाले बिहीबार सबै सुरक्षाकर्मीको मृत्यु भएको आधिकारिक जानकारी सार्वजनिक गरेको हो ।
“एएन–३२ मा सवार १३ जनामध्ये कोही जीवित नरहेको खबर सुनाउँदा हामीलाई धेरै दुःख लागेको छ । हामी सबैं बहादुर सैन्यकर्मीहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दछौं”, भारतीय वायु सेनाले ट्वीटमार्फत भनेको छ ।
हराइरहेको विमानको टुक्रा ११ जुनमा बल्ल अरुणाचल प्रदेशको सियांग जिल्लामा पाइएको थियो । तर, विमानमा सवार सेनाहरूबारे केही बताइएको थिएन ।
भारतीय वायु सेनाले मृतक सेनाको नामावली पनि सार्वजनिक गरेको छ ।
दुर्घटनामा मृत्यु हुनेमा विङ कमाण्डर जीएम चाल्र्स, एच विनोद, आर थापा, आशीष तंवर, एस मोहंती, मोहित के गर्ग, केके मिश्रा, अनुप कुमार, एसके सिंह, पकंज, राजेश कुमार र अन्य दुई सैनिक रहेका छन् ।