‘वायु’ले बाटो परिवर्तन गरेपछि भारतमा समुद्री आँधीको त्रास हट्याे
अरब सागरबाट शुरु भएको समुद्री चक्रवात ‘वायु’ ले बाटो परिवर्तन गरेपछि दक्षिण भारत र समुद्री तटवर्ती इलाकामा आँधीको त्रास हटेको छ।
बुधबार रातिदेखि भारतीय समुद्रीतटवर्ती क्षेत्रमा 'वायु' नामक आँधी प्रवेश गर्ने अनुमान गरिएकाे थियाे । आँधीले बाटो परिवर्तन गरेपनि भारतको गुजरातको तटवर्ती क्षेत्रमा हुरी तथा वर्षा भइनै रहेको बताइएको छ ।
भारतीय मौसम विभागले चक्रवात ‘वायु’ले बुधबार राति बाटो परिवर्तन गरेको जनाएको छ । अब आँधी समुद्रतर्फनै अगाडि बढेको छ ।
तर, गुजरातमा ठूलो हावाहुरी चल्न सक्ने बताइएको छ । अहिले पनि समुद्रमा ठूला छाल उठ्ने र वर्षा, तथा हावा हुरीको आइरहेको बताइन्छ ।
मानिसहरूलाई समुद्रदेखि टाढा रहन भनिएको छ । आगामी ४८ घण्टासम्म गुजरातमा हाईअलर्ट जारी गरिएको बताइन्छ ।
–एजेन्सी