ट्याङ्कीमा डुबेर चार वर्षीय बालकको मृत्यु
पोखरामा बुधबार साँझ पानीको ट्याङ्कीमा डुबेर एक बालकको ज्यान गएको छ ।
स्याङ्जा घर भएका चार वर्षीय बालक श्रीकृष्ण कोइराला हाल पोखरा महानगरपालिका–७ मासबारस्थित मामा राजेन्द्र पौडेलको घरमा बस्दै आएका थिए ।
साँझ ७ः३० बजे मामाघरसँगैको निर्माणाधीन घरको पानी ट्याङ्कीमा डुबेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
साथीसँग खेल्ने क्रममा घरको भर्याङमुनि रहेको ट्याङ्कीमा खसेपछि उनलाई उपचारका लागि मेट्रोसिटी अस्पताल पुर्याइएकामा चिकित्सकले मृत घोषणा गरेको थियो ।