पाकिस्तानी पूर्वराष्ट्रपति जरदारी गिरफ्तार
पाकिस्तानका भूतपूर्व राष्ट्रपति असिफ अली जरदारीलाई गिरफ्तार गरिएको जनाइएको छ ।
जरदारीलाई फर्जी ब्याङ्क खाता सम्बन्धी विषयमा गिरफ्तार गरिएको पाकिस्तानी सञ्चार माध्यममा जनाइएको छ ।
जरदारीको जमानत याचिका खारेज भएपछि उनलाई गिरफ्तार गरिएको बताइएको छ । –एजेन्सी