समाचारआइतबार, २६ जेठ , २०७६

सरुवा गरेको ठाउँमा नजाने प्रशासकीय अधिकृत निलम्बनमा

रासस

रौतहट गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन कार्की निलम्बनमा परेका छन् । 

सरुवा गरेको ठाउँमा नगएर अटेर गरेको भन्दै सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले उनलाई निलम्बन गरेको हो । 

सामान्य प्रशासन मन्त्रालय अन्तर्गतले २ जेठमा उनलाई दार्चुलाको शैल्यशिखर नगरपालिकामा सरुवा गरेको थियो । 

सरुवा भएको कार्यालयमा जानका लागि पटक–पटक लिखित तथा मौखिक जानकारी गराउँदा पनि अटेर गरेको कारण उनलाई निलम्बन गरिएको मन्त्रालयले जनाएको छ ।

निलम्बनमा परेका कार्की निजामती सेवाकाे उपसचिव हुन् । 

मन्त्रालयकाे अवज्ञा गरेका भन्दै निजामती सेवा नियमावली २०५० को नियम १२४ बमोजिम २१ दिनको म्याद पनि गुजारेको कारण राख्दै निजामती सेवा ऐन, २०४९ को दफा ६४ (१) बमोजिम सो अभियोगको जाँच बुझ गर्ने प्रयोजनका लागि दफा ६४ ९३० बमोजिम दुई महीनाका लागि निलम्बन गरिएको मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाद्वारा जेठ २४ गतेको हस्ताक्षरित पत्रमा उल्लेख छ ।  

प्रतिकृया दिनुहोस