प्रधानमन्त्री ओली स्वदेश फिर्ता
प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी भई स्वदेश फर्किएका छन् ।
प्रम ओली बिहीबार भारतीय प्रम मोदीको शपथग्रहण समारोहमा सहभागी हुन भारत गएका थिए ।
प्रधानमन्त्री ओलीलाई प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, पूर्वसभामुख सुवास नेम्वाङलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
प्रधानमन्त्री ओलीले स्वदेश फर्कनुअघि शुक्रबार बिहान हैदराबाद हाउसमा भारतीय समकक्षी मोदीसँग भेटवार्ता गरेका थिए ।
मोदीको शपथग्रहण समारोहमा प्रधानमन्त्री ओलीसहित बिमस्टेक सदस्य राष्ट्रका राष्ट्रप्रमुख र सरकार प्रमुखको सहभागिता रहेको थियो ।