पेस्तोल र छुरासहित छोटेलाल पक्राउ
रौतहटमा कटुवा पेस्तोल र छुरासहित एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा परोहा नगरपालिका ९ बसनपट्टिका ४५ वर्षीय छोटेलाल साह छन् ।
साहलाई ईशनाथ नपा ४ लतमरीबाट पक्राउ गरिएको हो ।
साहको साथबाट ल्यापटप, मोबाइल, पेन ड्राइभ, पाँच हजार नेरु र चार हजार भारुका साथैं एनसेलको सिमकार्ड पनि बरामद गरिएको प्रहरीले जनाएको छ।
सीमा प्रहरी चौकी बन्जरहाबाट प्रहरी नायब निरीक्षक अक्षयकुमार साहको नेतृत्वमा खटेको प्रहरी टोलीले साहलाई पक्राउ गरिएको हो । -सञ्जय मित्र