प्रेसर कुकर, मसाल र लट्ठीसहित कोटेश्वरबाट विप्लवका सात कार्यकर्ता पक्राउ, चन्द्रागिरीमा पनि विष्फोट
राजधानीको कोटेश्वरबाट प्रहरीले ७ जना ‘विप्लव’ नेतृत्वका कार्यकर्तालाई पक्राउ गरेको छ ।
प्रहरीले मसाल जुलुसका लागि बनाइएका मसाल र लाठीसँगै सातजना कार्यकर्तालाई पक्राउ गरिएको जनाएको छ ।
पक्राउ पर्नेमा तेजबहादुर मोक्तान, तेजराज काफ्ले, चित्रकमल ओली, आशिष तामाङ, राकेश श्रेष्ठ र अर्का एक व्यक्ति छन् ।
उनीहरुको साथबाट एक बोरा पुल्ठो र ३ झोला पार्टीको पर्चा पनि बरामद भएको छ ।
यसैबीच, काठमाडौंको चन्द्रागिरी नगरपालिका–३, इँटाभट्टा चोकमा पनि प्रेसर कुकर बम विष्फोट भएको छ ।
विष्फोटमा घाइते हुनेमा आकाश लामा छन् । अर्का व्यक्तिको पहिचान भएको छैन ।