पोखरामा हाईलाइफका खाद्य
हाईलाइफका खाद्य सामग्री पोखरामा पनि बिक्री शुरु गरिएको छ ।
नेपाल एभरेष्ट फूड एण्ड स्न्याक्स, राइजिङ सन एग्रो इण्डष्ट्रिज र हाईलाइफ फूड नेपालको संयुक्त सहकार्यमा रुपन्देहीमा उत्पादित सामग्री पोखरामा उपलब्ध भएका हन् ।
हाईलाइफले कर्नफ्लेक्स, चिउरा, सोयाबिन, मल्टीग्रेन ओट्स र मुस्ली लगायतका खाद्य सामग्री बिक्री गर्दै आइरहेको छ ।
हाईलाइफको चिउरा मकवानपुरे टाइचिन धानबाट उत्पादन गरिएको कम्पनीले जनाएको छ । त्यसैगरी मस्यौराको उत्पादन गहुँ, चामल, मकै, चनादाल र भटमासबाट गरिएको छ । चिनी राखिएको र नराखिएको दुवै प्रकारका कर्नफ्लेक्स विभिन्न तीन आकारमा उपलव्ध रहेको कम्पनीको भनाइ छ ।
देशभर हाईलाइफका एक सयभन्दा बढी आधिकारिक विक्रेता छन् ।