बझाङमा ४.३ रेक्टर स्केलको भूकम्प
बझाङमा ४.३ रेक्टर स्केलको भूकम्प गएको छ ।
गएराती ९ बजेर ८ मिनेटमा जयपृथ्वी नगरपालिका–१ स्थित कैलाशलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापनकेन्द्रले जनाएको छ ।
भूकम्पको धक्का बैतडी, दार्चुला र बझाङमा पनि महसुस भएको थियो ।
भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट तीर्थराज दाहालका अनुसार २६ चैतमा बैतडी र दार्चुलाको सीमाक्षेत्र आसपास र ४ चैतमा दार्चुलाको लिपुलेक आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो ।