अमेरिकाले मध्यपूर्वमा अत्याधुनिक हतियार बिक्री गर्ने
अमेरिकी ट्रम्प प्रशासनले कांग्रेसको जाँचबुझ कार्यक्रमबाट ‘आकस्मिक अवस्था’ का लागि भन्दै जोर्डन,संयुक्त अरब इमिरेट्स र साउदी अरबका लागि अत्याधुनिक सैन्य हतियार बिक्री गर्ने बताएको छ ।
शुक्रबार अमेरिकी ट्रम्प प्रशासनद्वारा गरिएको उक्त निर्णयको अमेरिकी सिनेटका दुवै दलका केही सांसदले विरोध गरेको बताइएको छ ।
अमेरिकी पररष्ट्र मन्त्री माइक पोम्पेओले एक वक्तव्य प्रकाशित गरी अमेरिकाको हतियार निर्यात नियन्त्रण कानुनबमोजिम राज्यपरिषद्ले तुरुन्तै यी तीन मुलुकका लागि आठ अर्ब दश करोड अमेरिकी डलर बराबरका सैन्य हतियार बिक्री प्रवद्र्धन गर्न निर्देशन गरेका छन् ।
वक्तव्यमा अमेरिकाको गठबन्धन मुलुकले समर्थन दिँदै मध्यपूर्वी क्षेत्रको स्थिरताका लागि र इरानमाथिको आक्रमणप्रति सम्बन्धित मुलुकलाई सहायता प्रदान गर्नका लागि उक्त सैन्य बिक्री परियोजना गराइएको बताइएको छ ।
रिपब्लिकन पार्टीका सांसद मार्को रुबिओले अमेरिकी सरकारको उक्त कार्य ठूलो गल्ती भएको बताएको अमेरिकी समाचार संस्थाहरूले जनाएका छन् ।