कला/साहित्यशुक्रबार, १० जेठ , २०७६

‘प्रेम गीत ३’ का लागि दुई हजार ७१४ युवतीको आवेदन, २५ जना सर्टलिस्टमा

हिमालखबर

आशुसेन फिल्मस् प्रोडक्सनको ब्यानरमा निर्माण हुने चलचित्र ‘प्रेम गीत ३’ को अडिसनका लागि दुई हजार ७१४ युवतीले आवेदन दिएका छन् ।

तीमध्ये २५ युवती सर्टलिस्टमा परेका छन् । २५ जनाबाट निर्देशक, क्यामेराम्यान, कोरियोग्राफर लगायतको टोलीले एक जना नायिका छनोट गर्नेछ । निर्माण टिमले ‘प्रेम गीत ३’ को नायिकाका लागि अनलाइन आवेदन माग गरेको थियो ।  

आशुसेन फिल्मस्‌ले यसअघि चलचित्र ‘प्रेमगीत’ का लागि नायक प्रदीप खड्कालाई पनि अडिसन मार्फत छनोट गरेको थियो ।

प्रेम गीतका दुबै सिरिज सुपरहिट चलचित्र हुन् । यसको तेस्रो सिरिज ‘प्रेम गीत ३’ आगामी २८ चैतमा प्रर्दशनमा आउने घोषणा गरिएको छ ।

चलचित्रलाई छेतन गुरुङ र सन्तोष सेनले मिलेर निर्देशन गर्दैछन् ।

 

 

प्रतिकृया दिनुहोस