मिनी ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु
दैलेखमा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
सुर्खेतबाट जुम्ला जाँदै गरेको मिनी ट्रक आज दिउँसो दैलेखको डुङ्गेश्वर गाउँपालिका–१ निगालपानीमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय दैलेखका निरीक्षक प्रेम क्षेत्रीका अनुसार तीन वटै शव जलेको अवस्थामा भेटिएको छ ।
ट्रकको नम्बर प्लेट पनि जलेको छ । सडकबाट करीब ३०० मिटर तल ट्रक खसेको ट्रक दुर्घटनाको कारण खुल्न नसकेको प्रहरी निरीक्षक क्षेत्रीले जानकारी दिए ।