नरेन्द्र मोदीलाई सभापति देउवाको बधाई
नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहलाई बधाई दिएका छन्।
लोकसभाको निर्वाचनमा भारतीय जनता पार्टीले ठूलो सफलता हासिल गरेकामा मोदी र शाहलाई छुट्टाछुट्टै पत्र पठाएर बधाई दिएका हुन् ।
पार्टी र व्यक्तिगततर्फबाट बधाई तथा शुभकामना दिँदै देउवाले नेपाल र भारतबीच सदियौँदेखि कायम पुरानो सम्बन्ध र मित्रता आगामी दिनमा थप सुदृढ र सार्थक हुँदै जाने विश्वास व्यक्त गरेका छन् ।
नेपाली काङ्ग्रेस र भाजपा दुवै पार्टीबीचको सम्बन्ध र सहकार्य अझ बलियो हुनेसमेत देउवाले विश्वास व्यक्त गरेको सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।