मिडिया काउन्सिल विधेयक फिर्ता लिन सम्पादकहरुको आग्रह
सरकारले संसदमा पेश गरेको मिडिया काउन्सिल विधेयक फिर्ता लिन सम्पादकहरुले आग्रह गरेका छन् ।
विभिन्न समाचार संस्थामा आवद्ध सम्पादकहरुले आज प्रेस वक्तव्य जारी गर्दै विधेयक लोकतान्त्रिक मूल्य मान्यता र संविधानको मर्म–भावना विपरित भएको बताएका हुन् ।
संविधानले सुनिश्चित गरेको ‘पूर्ण प्रेस स्वतन्त्रता’ उक्त विधेयकले संकुचित गर्ने वक्तव्यमा उल्लेख गरिएको छ ।
नेपाल पत्रकार महासंघ तथा पत्रकारिता सम्वद्ध अन्य संस्थाले विधेयकको विरोधमा गरिरहेको आन्दोलनप्रति पनि सम्पादकहरुले एक्यवद्धता जनाएका छन् ।
वक्तव्यमा सरोकारवालाहरुसँग छलफल गरी विधेयक अगाडि बढाउन पनि माग गरिएको छ ।
वक्तव्य जारी गर्ने सम्पादकहरुः
अखिलेश उपाध्याय
अनुप काफ्ले
अमित ढकाल
अरुण बराल
कसमस विश्वकर्मा
किरण नेपाल
कुन्द दीक्षित
कृष्णज्वाला देवकोटा
गुणराज लुईंटेल
दिलभुषण पाठक
नारायण वाग्ले
पूर्ण बस्नेत
प्रकाश रिमाल
प्रतीक प्रधान
प्रशान्त अर्याल
युवराज घिमिरे
राजेन्द्र दाहाल
शिव गाउँले
सुधीर शर्मा
सुवास घिमिरे
हरिबहादुर थापा