आईओएमका डिन सिंहद्धारा राजीनामा
चिकित्सा शास्त्र अध्ययन संस्थानका डिन केपी सिंहले राजीनामा दिएका छन् । सिंहले १७ मंसिरमा पत्रकार सम्मेलन गरेर राजीनामा बारे जानकारी दिएका हुन ।
सिंहले त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाँलाई राजिनामा पत्र बुझाएका छन् । चिकित्सा शिक्षा सुधारका लागि १९ औँ दिनसम्म आमरण अनशनमा रहेका डा. गोविन्द केसीले आईओएमका डिन डा. सिंहको राजीनामा माग गर्दै आएका थिए ।