२० लाख मूल्यको मरिच बरामद
प्रहरीले रु २० लाखभन्दा बढी मूल्यको मरिच बरामद गरेको छ ।
महोत्तरी जिल्लाको मटिहानी–७ बस्ने महेशप्रसाद साहको पसलबाट रु २० लाख २५ हजार मूल्य बराबरको कागजात नखुलेको मरिच बरामद गरेको प्रहरीले बताएको छ ।
साहको पसलमा १८ वटा बोरामा २५ किलोको दरले ४५० किलो मरिच लुकाइछिफाई राखेको अवस्थामा बरामद गरिएको हो ।
बरामद गरिएको मरिच भारत तस्करी गर्ने मनसायले राखिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको र बरामद गरिएको मरिच जिल्ला भन्सार कार्यालय, भिट्ठामोडमा बुझाइएको छ ।