भारतीय लोकसभा चुनावको एक्जिटपोलमा एनडीए अगाडि
भारतीय लाेकसभा निर्वाचन २०१९ काे मतपरिणामबारे विभिन्न सञ्चारमाध्यमले सत्तारुढ गठबन्धन एनडीए अगाडि रहेकाे जनाएका छन् ।
आइतबार सातौं चरणको मतदान सम्पन्न भएपछि भारतीय विभिन्न सञ्चार माध्यमहरूले लोकसभा निर्वाचनको नतिजाबारे अनुमान जारी गरेका हुन्।
यो एक्जिटपोलले सही नतिजा दिएमा भारतीय सत्ताधारी पार्टीको नेतृत्वमा एनडीएले पुनः सत्ता सम्हाल्ने विभिन्न एक्जिट पोलहरूकाे नतिजाले बताएकाे छ ।
यी एक्जिट पोलहरूका अनुसार ५४२ सिटमध्ये एनडीएले ३०० बढी सिट ल्याउने देखिन्छ । भारतमा सरकार बनाउनका लागि २७३ सिटको बहुमत आवश्यक हुन्छ ।
भारतमा १७ औं लोकसभाको निर्वाचन आइतबार सकिएको छ । सातौं चरणमा मात्र करीब ६३ प्रतिशत मतदान भएको छ । भारतीय चुनाव आयोगका अनुसार सबै चरणमा गरी करीब ७० प्रतिशत मतदान भएको छ ।
यसपालिको निर्वाचनमा महिला तथा वरिष्ठ नागरिकहरूले उत्साहका साथ मतदान गरेको चुनाव आयोगले बताएको छ । चुनाव आयोगका अनुसार यसपालिको चुनाव सन् २०१४ को भन्दा शान्तिपूर्ण रह्यो ।
सातौं चरणमा गरी लोकसभाका ५४२ सिटमा भएको निर्वाचनको मतपरिणाम २३ मेमा आउने छ ।
–एजेन्सी