बुद्धम् शरणम् गच्छामी...!
–भरतबन्धु थापा
आज २५६३ औं बुद्धपूर्णिमा अर्थात सिद्धार्थ गौतमको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति गरेको दिन हाे।
शान्ति र अहिंसाका प्रवद्र्धक गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा विशेष कार्यक्रम आयोजना गरी मनाइँदै छ ।
बुद्धपूर्णिमाको अवसरमा बुद्धको जन्मस्थल लुम्बिनी केही दिनदेखि झकिझकाउ छ ।
ईसापूर्व ५६३ मा जन्मेका गौतम बुद्धले २९ वर्षको उमेरदेखि ६ वर्षसम्म तपस्या गरी ईसापूर्व ५२८ मा ३५ वर्षको उमेरमा बुद्धत्व प्राप्त गरेका थिए ।
ज्ञानप्राप्तिपछि उनले दिएको उपपदेशको आधारमा उनलाई भगवानका रूपमा मानेर बौद्धधर्म समेत मनाउन थालियो ।
अहिले लुम्बिनीमा बौद्धधर्मका अनुयायी तथा श्रद्धालुको ठूलो चहलपहल छ ।
प्रदेश ५ सरकार र लुम्बिनी विकास कोषको आयोजनामा आज बुद्धपूर्णिमा तथा लुम्बिनी भ्रमण वर्ष घोषणा कार्यक्रम आयोजना गरिएको छ ।
बुद्धपूर्णिमाको अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, पाँच नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल लगायत उच्च तहका व्यक्तिहरूको उपस्थिति छ ।
कार्यक्रम शुरु हुनुअघि बिहान प्रधानमन्त्री ओलीले मायादेवी मन्दिर, शान्तिदीप लगायत लुम्बिनीका विभिन्न क्षेत्रको अवलोकन गरे ।
बिहानैदेखि लुम्बिनीमा शान्ति र्याली निकालिएको थियो । र्यालीमा सहभागी प्रधानमन्त्री ओलीले शान्ति स्तूपमा दीप प्रज्ज्वलन गरेका थिए ।
आजै लुम्बिनी भ्रमण वर्षको घोषणा पनि गर्ने कार्यक्रम छ ।