हिमालयन ब्याङ्क, पर्यटन बोर्ड र अमेरिकन एक्सप्रेसबीच पर्यटन प्रवर्द्धनका लागि सहकार्य
नेपाल पर्यटन वर्ष २०२० लाई लक्षित गरेर हिमालयन ब्याङ्क, नेपाल पर्यटन बोर्ड र अमेरिकन एक्सप्रेसको सहकार्यमा ‘एक्सपेरियन्स नेपाल’ अभियान शुरुआत गरिएको छ ।
आज काठमाडौंमा आयोजित कार्यक्रममा हिमालयन ब्याङ्कका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर जबरा, पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, अमेरिकन एक्सप्रेसकी प्रतिनिधि दिब्या जैन लगायतले अभियानको उदघाटन गरेका हुन् ।
अभियानले पर्यटन वर्ष २०२० लाई प्रचाप्रसारमा सघाउ पुर्याउनुको साथै अमेरिकन एक्सप्रेस कार्ड प्रयोकर्ताहरुलाई नेपाल भ्रमण गर्न प्रेरित गर्ने विश्वास लिइएको छ ।
नेपाल घुम्न आएका अमेरिकन एक्सप्रेस कार्ड प्रयोगकर्ताले ब्याङ्कका ८० भन्दा बढी मर्चेन्ट पार्टनर मार्फत विशेष छूट समेत प्राप्त गर्नेछन् । आज अर्थात् १६ मे २०१९ मा शुरुआत भएको अभियान ३० जुन २०२० सम्म चल्नेछ ।