बुटवलमा तनाव, प्रहरी र प्रदर्शनकारीबीच झडप
संविधान संशोधन विधेयकको विरोधमा भइरहेको प्रदर्शनका क्रममा बुटवलमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।
कसैको नेतृत्वमा नरहेको युवाहरुको ठूलो भीडले अस्पताल लाइनमा रहेको माओवादीले निर्माण गरेको शहीद स्तम्भ भत्काउन खोजेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो ।
यसअघि आजै विहान प्रदर्शनकारीले अस्पताल लाइनमै रहेको होटेल कस्तुरीमा तोडफोड गरेका थिए ।
अहिले स्तम्भलाई प्रहरीले सुरक्षा दिइरहेको छ भने त्यहाँ ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
दुवैतर्फबाट ढुंगा हानाहान जारी छ ।
दीपक ज्ञवाली, बुटवल