कला/साहित्यशुक्रबार, २० बैशाख , २०७६

अक्षयकुमार : नागरिक क्यानडेली, काम भारतमा !

हिमालखबर

बलिउड अभिनेता अक्षयकुमार विदेशी नागरिकता तथा पासपोर्ट विवादमा परेका छन् ।

 तस्वीर : अक्षयकुमारकाे फेसबुकबाट

अक्षयले क्यानाडाको पासपोर्ट राख्नाले विवादमा परेका हुन् ।

बलिउडका अर्का अभिनेता कमाल आर खानले सामाजिक सञ्जाल मार्फत अक्षयका बारेमा ट्वीट गर्दै आएका छन् ।

खानले कुनै भारतीयले क्यानाडाको नागरिकता पाउनका लागि आफ्नो देशको नागरिकता त्याग्छ भने त्यो देशद्रोही हो । त्यसले देशलाई घृणा गर्छ । उनले लेखेका छन्, “हामी भारतीयहरू देशद्रोहीसँग देशभक्तिको पाठ सिक्न सक्दैनौं ।”

यस विषयमा अक्षयकुमारले भनेका छन्, “मेरो नागरिकताको विषयलाई लिएर विनाकारण चासो र टीकाटिप्पणीलाई मैले बुझ्न सकेको छैन ।

मैले कहिले पनि आफूसँग क्यानाडाको नागरिकता भएको बारेमा लुकाएको छैन । तर, यो पनि सत्य हो म विगत सात वर्षदेखि क्यानाडा गएको पनि छैन ।"

उनी अगाडि लेख्छन्, "भारतमा काम गर्छु, ट्याक्स पनि यहीँ नै बुझाउँछु । विगत वर्षमा मलाई कहिल्यै पनि भारतप्रतिको मेरो माया प्रमाणित गर्नु परेन । विनाकारण यस मुद्दालाई विवादमा ल्याइएको प्रति मलाई दुःख लागेको छ । यो निजी र कानूनी विषय हो । यसले कसैलाई कुनै प्रकारको असर गर्दैन ।” आफ्नो विचार स्पष्ट पारेका छन् ।

–एजेन्सी

प्रतिकृया दिनुहोस