पत्रकार पक्राउकाे विराेधमा पत्रकार महासंघद्वारा आन्दोलन घाेषणा
विद्युतीय कारोबार ऐन लगाएर पत्रकार पक्राउ गरेकाे विराेधमा नेपाल पत्रकार महासंघले आन्दोलनकाे घाेषणा गरेकाे छ ।
समाचार लेखेकाे विषयमा विद्युतीय कारोबार ऐन लगाएपछि महासंघले साे ऐनकाे दफा ४७ र ४८ नै खारेजीको माग गर्दै आन्दाेलन घाेषणा गरेकाे हाे ।
महासंघका महासचिव रमेश विष्टद्वारा जारी गरेकाे वक्तव्य अनुसार आज ऐनकाे दफा ४७ र ४८ नै खारेजीको माग गर्दै पत्रकार पक्राउको विरोध गर्ने र ५ वैशाखमा जिल्ला शाखामार्फत् देशभरका जिल्ला प्रशासन कार्यालयमा १ घण्टा धर्ना बस्ने कार्यक्रम छ ।
५ वैशाखमै केन्द्रीय समितिले गृह मन्त्रालय र संचार मन्त्रालयमार्फत् विरोध पत्र बुझाउने कार्यक्रम पनि रहेको वक्तव्यमा जनाइएको छ ।
प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूराे (सीआइबी) ले समाचारकाे विषयलाई लिएर पाेखराका पत्रकार अर्जुन गिरीलाई पक्राउ गरेकाे थियाे ।