आईसीसी यू-१९ एसिया छनोटमा नेपालकाे फराकिलाे जित
मलेसियामा जारी आईसीसी यू-१९ एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत एसिया छनोटमा नेपालले ओमानलाई एक सय ५० रनले पराजित गरेको छ।
२ सय ३० रनको लक्ष्य पछ्याएको ओमान ४४ ओभर १ बलमा अलआउट हुँदै ७९ समेटिएपछि नेपालले १ सय ५० रनको जित निकालेको हो ।
यस अघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४३.२ ओभरमा सबै विकेट गुमाएर दुई सय २९ रन बनाएको थियो।
नेपालका लागि कप्तान रोहित कुमार पौडेलले सर्वाधिक ७५ रन बनाएका थिए ।
त्यस्तै प्रतिश जिसीले ४१, भीम सार्कीले ३९, अभिषेक बस्नेतले १५ र रित गौतमले १० रन बनाए।
नेपालले अब समूहको अन्तिम खेल बिहीबार कुवेतसँग खेल्ने छ।