ब्राजिलका फुटबल खेलाडी सवार विमान दुर्घटनाग्रस्त
ब्राजिलको एक स्थानीय क्लबका खेलाडीहरुसहित ८१ जना सवार विमान कोलम्बियाका मेडलिनमा दुर्घटनाग्रस्त भएको छ ।
उक्त दुर्घटनामा ६ जना भने जिवितै रहेको बीबीसीले जनाएको छ ।
बोलिवियाबाट उडेको उक्त चार्टर्ड विमानमा ब्राजिलको च्यापेकोयन्से क्लबका फुटबल खेलाडी समेत कुल ७२ यात्रु र चालक दलका ९ सदस्य थिए ।
ब्राजिली क्लबको टोली दक्षिण अमेरिका क्लब कप खेल्न जाँदै थियो ।
कोलम्बियाको विमानस्थलले इलेक्ट्रिक समस्याका कारण विमान दुर्घटना भएको जनाएको छ ।
खराब मौसमका कारण दुर्घटनास्थलसम्म सडक मार्गबाट पुग्न सकिने बताइएको छ । दुर्घटना पहाडी क्षेत्रमा भएको हो ।
ब्राजिलका राष्ट्रपति अलेजान्द्रो दोमिन्गुएज दुर्घटना स्थलका लागि रमाना भइसकेका छन् ।