कला/साहित्यमंगलवार, मंसिर १४, २०७३

१४ औं किम्फ २३ मंसीरबाट काठमाडौंमा

हिमालखबर

१४ औं काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ) २३ देखि २७ मंसीरसम्म काठमाडौंमा हुँदैछ ।

यस वर्षको किम्फमा फिक्सन, वृत्तचित्र, लघु, प्रयोगात्मक र एनिमेशन फिल्म गरी २८ देशका ८० निर्माताहरुका सिर्जना प्रस्तुत गरिने किम्फले जनाएको छ ।

महोत्सवको शुरुवातमा दीपक रौनियारको ‘सेतो सूर्य’ प्रदर्शन गरिनेछ । फिल्ममा द्वन्द्वपछिको नेपालमा एउटा परिवार र समाजका तीन पुस्ताले सामाजिक–राजनीतिक परिवर्तनसँग सामञ्जस्य कायम गर्न गर्नु परेको संघर्षको कथा छ ।

हिमाल एशोसिएसनको आयोजनामा हुने ५ दिने किम्फ महोत्सवमा फिल्महरु कुमारी सिनेमा र रुसी सांस्कृतिक केन्द्र कमलपोखरीमा प्रदर्शन हुनेछन् ।

प्रतिकृया दिनुहोस