हावाहुरी पीडितलाई नवकान्तिपुरको सहयोग
१७ चैत्रको हावाहुरीबाट प्रभावितलाई नवकान्तिपुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले नगदका साथै राहत सामग्री सहयोग गरेको छ ।
संस्थाको सञ्चालक समितिको बैठकले बारा जिल्ला दैवी प्रकोप राहत कोषमा ५१ हजार र पर्सा जिल्ला दैवी प्रकोप राहत कोषमा पनि ५१ हजार रुपैयाँ जम्मा गर्ने निर्णय गरेको हो ।
उक्त निर्णयअनुसार संस्थाका कायममुकायम प्रमुख कार्यकारी अधिकृत हरिप्रसाद पाण्डे र शाखा प्रबन्धक मनोजकुमार सेढाई सहितको टोलीले रकम हस्तान्तरण गरेको छ ।
त्यस्तै संस्थाले बाराको फेटा गाउँपालिका वडा नम्बर १ र ६ मा एक लाख बराबरको राहत सामग्री पनि वितरण गरेको छ ।