कला/साहित्यशुक्रबार, २२ चैत्र , २०७५

लेखक महेश थापा प्रेरणादायी : प्रधानमन्त्री

हिमालखबर

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार महेश थापा लिखित कथा सङ्ग्रह ‘मरीचिका’ लोकार्पण गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा ओलीले ‘शारीरिक रुपमा आफैं अप्ठ्यारो स्थितिमा भएका थापाले नेपाली साहित्यमा ठूलो योगदान दिएकोमा प्रशंसा गरे ।

“महेशजीबाट धेरैले प्रेरणा लिन सक्छन्”, प्रम ओलीले भने, “उहाँले देशलाई गर्न सक्ने योगदान लेखेर मात्र होे, सशक्त अवस्थामा रहेकाहरुले उहाँको प्रेरणाबाट धेरै योगदान गर्न सक्नुपर्छ ।”

प्रधानमन्त्रीले समाजमा खुट्टा तान्ने प्रवृत्ति भए पनि विचलित नभई लक्ष्यमा अडिग रहनुपर्नेमा जोड दिए ।

लेखक थापा ‘मोटर न्यूरोन डिजिज’बाट ग्रसित छन् ।

पुस्तक र कृतिकार थापाको लेखक शैली बारे साहित्यकार माया ठकुरी, अभय श्रेष्ठ लगायतले चर्चा गरेका थिए ।

थापाको यसअघि व्यंग्य सङ्ग्रह ‘नमोनमः’ प्रकाशित छ ।

प्रतिकृया दिनुहोस