वैशाख अन्तिम साता लघु उद्यम प्रदर्शनी
उद्योग विभाग र नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा आउँदो वैशाख २६ देखि ३० गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ‘३० औं राष्ट्रिय लघु, घरेलु तथा साना औद्योगिक प्रदर्शनी–२०७६’ आयोजना हुने भएको छ ।
‘आर्थिक समृद्धिका लागि उद्योग खोलौं, औद्योगिकरणका लागि सबै जुटौं’ भन्ने नाराका साथ प्रदर्शनी आयोजना गर्न लागिएको विभागका महानिर्देशक विनोदप्रकाश सिंहले बताए ।
महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले हालसम्म चार लाख १८ हजार ५२ घरेलु र साना उद्योगहरु दर्ता भएको र गएको असारसम्म तीन लाख २१ हजार १३ उद्योग मात्रै सञ्चालनमा रहेको बताए । त्यसमध्ये घरेलु उद्योगको संख्या १७ हजार २८९ छ ।
प्रदर्शनीमा २०० लघु, घरेलु तथा साना उद्योगका उत्पादनहरुको स्टल रहने छन् । ७७ वटै जिल्लाबाट कम्तीमा एकजना उद्यमीको सहभागीता हुने आयोजकले जनाएको छ ।
प्रदर्शनी एक लाख ५० हजारले अवलोकन गर्ने र रु.५ करोडभन्दा बढिको कारोबार हुने अपेक्षा गरिएको जनाइएको छ । स्वदेशी वस्तुको उत्पादन बढाउने, रोजगारका अवसर श्रृजना गर्ने र समृद्धि हासिल गर्न टेवा पु¥याउने प्रदर्शनीको उद्देश्य रहेको आयोजकले बताएको छ ।
‘बजार प्रवद्र्धन गर्ने, राष्ट्रियस्तरमा माग अनुरुपका वस्तु उत्पादन गर्न उद्यमीलाई प्रोत्साहन गर्ने र मुलुकभरका उद्यमीहरुको सीप, प्रविधि तथा उद्यमशीलताको कदर गरी सम्मान र पुरस्कृत गर्ने उद्देश्यका साथ प्रदर्शनीको आयोजना गरिँदै आएको उल्लेख गरिएको छ ।