डेढ वर्ष यताको ठूलो भूकम्प
रामेछाप र सोलुखुम्बुको सीमा क्षेत्रलाई केन्द्र बनाएर ५.६ म्याग्निच्यूडको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार १३ मंसिर विहान ५.२० बजे १२ बैशाख २०७२ मा गोरखालाई केन्द्रविन्दु बनाएको विनासकारी भूकम्पको परकम्प हो ।
केन्द्रका अनुसार यो गोरखा भूकम्पको ४७५ औं परकम्प हो । १ जेठ २०७२ यताकै ठूलो पराकम्प भएको केन्द्रको अभिलेखमा देखिन्छ ।
३० बैशाख २०७२ मा धादिङलाई केन्द्रविन्दु बनाएर ५.९ म्याग्निच्यूडको पराकम्प गएको थियो ।