संविधान संशोधन प्रस्ताव दर्ता भएन
आज, १२ मंसीरमा व्यवस्थापिका संसदमा दर्ता हुने भनेको संविधान संशोधन प्रस्ताव दर्ता हुन सकेन ।
आजै दिउँसो बसेको मन्त्रिपरिषद बैठकले प्रमुख प्रतिपक्षी एमाले लगायत अन्य दलहरुसँग पनि सहमतिको प्रयास जारी राख्ने निर्णय गरेपछि संसदमा संशोधन प्रस्ताव दर्ता नभएको हो ।
कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दहालबीचको छलफलपछि यस्तो निर्णय लिएको बुझिएको छ ।
यसअघि हिजो ११ मंसीरमा बसेको सत्तारुढ दलको बैठकले आज संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरेको थियो ।
मन्त्रीपरिषद बैठक भोलि पनि बस्नेछ ।