रामदेवलाई भेट्न प्रम दाहाल वीरगञ्जमा
प्रधानमन्त्री पुष्पकमल दहाल वीरगञ्जमा रहेका भारतीय योग गुरु रामदेवलाई भेटेर काठमाडौं फर्किएका छन् ।
योगगुरु रामदेवलाई भेट्न आज दिउँसो ३:१५ बजे नेपाली सेनाको हेलिकप्टरबाट वीरगञ्ज स्थित नेपाली सेनाको बरख गणमा उत्रिएका प्रधानमन्त्री दाहाल अपरान्ह साढे ४ बजेतिर फर्किएका छन् ।
दाहाल वीरगञ्जमा रहँदा यहाँको सुरक्षा व्यवस्था कडा पारिएको थियो । नेपाली सेनाको बरखगणदेखि आदर्शनगर रंगशालासम्म सवारी साधन मात्र नभएर सर्वसाधरणलाई समेत आवत जावतमा रोक लगाईएको थियो ।
सडकमा उलेख्य मात्रामा नेपाल एवं सशस्त्र प्रहरी तैनाथ थिए। दाहालले आदर्शनगरमा जारी योग शिविरमा सहभागीलाई सम्बोधन पनि गरेका थिए ।
सुरेश बिडारी