मुक्तिनाथ विकास ब्याङ्कका दुई नयाँ शाखा
आधुनिक ब्याङ्किङ, ग्रामीण ब्याङ्किङ र लघुवित्त सेवा एकै साथ सञ्चालन गर्दै आएको मुक्तिनाथ विकास ब्याङ्कले दाङको घोराही र बर्दियाको गुलरीयामा शाखा विस्तार गरेको छ ।
घोराही शाखाको उद्घाटन घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी र गुलरीया शाखाको उद्घाटन गुलरीया नगरपालिकाका मेयर मुक्तिनाथ यादवले गरेका हुन् ।
उद्घाटन कार्यक्रममा बोल्दै मेयर चौधरीले ब्याङ्कले सामाजिक तथा आर्थिक विकासमा थप योगदान पु¥याउन सफल बनोस् भन्दै शुभकामना दिएका थिए ।
गुलरीया नगरपालिकाका मेयर यादवले ब्याङ्कले स–साना उद्यमीदेखि ठूलो लगानीमा पनि जोड दिनुपर्ने बताए ।
मुक्तिनाथ विकास ब्याङ्कले ११४ शाखा र २२ एटीएममार्फत ६ लाख बढी ग्राहकलाई सेवा दिइरहेको छ ।