भारतलाई पाँचौपटक साफ च्याम्पियनसिप उपाधि
नेपाललाई १–३ गोलले पराजीत गर्दै भारतले साफ वुमेन्स च्याम्पियनसिपको उपाधि सुरक्षित गरेको छ ।
भारतसँग चौथोपटक फाइनलमा भिडेको नेपालका लागि विराटनगरको घरेलु मैदान पनि सुखद हुन सकेन ।
मध्यान्तरसम्म भने खेल १–१ को बराबरीमा टुंगिएको थियो ।
नेपालका लागि सावित्रा भण्डारीले ३३ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएकी थिइन् ।
यसअघि भारतकी डालिमा छिब्बरले २३ औं मिनेटमा फ्रि–किकमार्फत गोल गर्दै नेपाललाई स्तब्ध बनाएकी थिइन् ।
मध्यान्तरपछि नेपालको खेलमा फर्कने विश्वासमा भारतकी ग्रेस डाङमा बाधक बनिन् । उनले ६२ औं मिनेटमा रक्षापंक्तिको गम्भीर गल्तीको फाइदा उडाउँदैं गोल गरिन् ।
नेपाल सम्हालिन नपाउँदैं ७७ औं मिनेटमा अञ्जु तामाङले अर्को गोल गरिन् ।
आक्रमक शुरुवात गरेको नेपालले गरे पनि ‘फिनिसिङ’को अभाव देखिन्थ्यो । खेलाडिहरु यत्रतत्र दौडिएका देखिन्थे । तर, बलमा नियन्त्रण थिएन ।
नेपालको तुलनामा भारतका खेलाडीहरुले संयम र सन्तुलित प्रदर्शन गरेका थिए ।