मध्यान्तरसम्म नेपाल र भारत १–१ को बराबरी
साफ वुमेन्स च्याम्पियनसिपको उपाधि भिडन्तका लागि जारी प्रतियोगिताको अहिले मध्यान्तर भएको छ ।
नेपालका लागि सावित्रा भण्डारीले ३३ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएकी थिइन् ।
यसअघि भारतकी डालिमा छिब्बरले २३ औं मिनेटमा फ्रि–किकमार्फत गोल गर्दै नेपाललाई स्तब्ध बनाएकी थिइन् । तर, त्यसको १० मिनेटमै सावित्राले ‘बाउन्स’ बललाई हेडर गर्दै गोल गरेकी थिइन् ।
नेपालले आक्रमक शुरुवात गरे पनि ‘फिनिसिङ’को अभाव देखिन्थ्यो । खेलाडिहरु यत्रतत्र दौडिएका देखिन्थे । तर, बलमा नियन्त्रण थिएन ।
नेपालको तुलनामा भारतका खेलाडीहरुले संयम र सन्तुलित प्रदर्शन गरेका छन् ।
मध्यान्तरपछिको खेलमा सूधार नगरे नेपालको पहिलोपटक साफ च्याम्पियन बन्ने सपना पूरा हुने छैन ।