कुवेतसँग नेपालकाे मैत्रीपूर्ण खेल बराबरीमा
नेपाल र कुवेतबीचको पहिलो अन्तराष्ट्रिय मैत्रीपुर्ण खेल बराबरीमा टुंगीएको छ ।
फिफा वरियतामा ३ स्थान माथि १५८ औं स्थानमा रहेको कुवेतसंग १६१ औं स्थानमा रहेको नेपाल गोलरहित बराबरी खेलेको हो ।
बिहिबार अल साहबब मैदानमा कुवेतका कप्तान बाडेर अल मुतवाले पेनाल्टीमा गोल गर्न नसकेपछि नेपाल हारबाट जोगियो ।
डेब्यु खेलाडी अजित भण्डारीले बिपक्षि खेलाडीलाई डिबक्सभित्र गरेपछि खेलको ६६ औं मिनेटमा कुवेतले पेनाल्टी पाएको थियो ।
यस्तै कुवेतले पटक पटक गरेको आक्रमणको बचाऊ गर्दै नेपाली गोलकिपर किरण चेम्जोङले कुवेतलाई बराबरीमा रोक्न उत्कृष्ट प्रदर्शन गरे ।
नेपालले पनि खेलमा केहि गोल गर्ने अवसर पाएको थियो । तर, सदुपयोग गर्न सकेनन् ।
योसंगै नेपालले १९ बर्षपछि कुवेतसंग बराबरी खेल्न सफल भएको छ ।
यसअघि सन् २००० मा एएफसी एसिया कपमा नेपालले कुवेतसंग प्रतिस्पर्धा गरेको थियो । उक्त खेलमा नेपाल ५(० ले पराजित भएको थियो ।
कुवेत पुगेको नेपाली टोलीले अब मंगलबार कुवेतसंगै दोस्रो खेल खेल्नेछ ।
मलेसिया र कुवेतसंग दुई मैत्रीपूर्ण खेल्न कुवेत पुगेपनि मलेसियासंगको खेल स्थगित भएपछि नेपालले दुवै मैत्रीपूर्ण खेल कुवेतसँग खेल्न लागेको हो ।