कला/साहित्यबिहिबार, ७ चैत्र , २०७५

चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराई

हिमालखबर

सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा निर्माता/कलाकार केशव भट्टराईलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

४ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले भट्टराईलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

भट्टराई लामो समयदेखि चलचित्र निर्माण तथा अभिनयमा व्यस्त छन् ।

आफ्नो मान्छे, छोडी गए पाप लाग्ला, देवर बाबु लगायतका हिट चलचित्र भट्टराईले निर्माण गरेका हुन् । २१ चैतमा उनले निर्माण गरेको नयाँ चलचित्र 'यात्रा' प्रदर्शन हुँदैछ ।

यसअघिकी अध्यक्ष निकिता पौडेलले २२ माघमा पदबाट राजीनामा दिएकी थिइन् ।

 

प्रतिकृया दिनुहोस