कला/साहित्यबुधबार, ६ चैत्र , २०७५

‘क्याप्टेन’ हेर्न प्रधानमन्त्री सपरिवार सिटी सेन्टर

हिमालखबर

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ नेपाली चलचित्र ‘क्याप्टेन’ हेर्न कमलपोखरीस्थित सिटी सेन्टर पुगेका छन् ।

बुवा र श्रीमतीसँगै चलचित्र हेर्दै प्रधानमन्त्री । तस्बिर : प्रधानमन्त्रीको निजी सचिवालय।

बुबा मोहनप्रसाद ओली र श्रीमति राधिका शाक्यसहित सिटी सेन्टरस्थित विग मुभिजको थिएटर हल पुगेका प्रधानमन्त्रीलाई ‘क्याप्टेन’का नायक अनमोल केसी र चलचित्रका प्रस्तोता भुवन केसीलगायतले स्वागत गरेका थिए ।

प्रधानमन्त्री चलचित्र हेर्न आउने भनिएपछि हलको सुरक्षाकर्मीको समूह देखिएको थियो । दर्शकलगायतको भीड लागेको थियो ।

दिवाकर भट्टराई निर्देशित ‘क्याप्टेन’ चलचित्र फूटबल खेलको सेरोफेरोमा बनेको छ । राजधानीमा यो चलचित्रले औसत व्यापार गरिरहेको छ ।

सिटी सेन्टरस्थित विग मुभिज थिएटरमा प्रधानमन्त्री ओली आइपुगेसँगै देखिएको भीड । तस्वीरः हिमालखबर

 

 

 

प्रतिकृया दिनुहोस