डा केसीको समर्थनमा जुलुश प्रदर्शन
सबै तस्वीर: गोपेन राई
स्वास्थ्य क्षेत्रका बेथिति अन्त्यको माग राख्दै १४ दिनदेखि अनशनरत डा. गोविन्द केसीको पक्षमा काठमाडौंमा जुलुश प्रदर्शन भएको छ ।
१० पटक सम्म उस्तै माग राखेर अनशन बस्दा पनि सरकारले बारम्बर सम्झौता गर्ने तर कार्यान्वयन नगरेको भन्दै डा केसीका समर्थकले जुलुशमा आक्रोश व्यक्त गरेका छन् ।
विहान ११ बजे माइतिघर मण्डलामा भेला भएका डा केसीका समर्थकहरुको जुलुश नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो ।