क्यूबाका क्रान्तिकारी नेता फिडेल क्यास्ट्रोको निधन
क्यूबाका क्रान्तिकारी नेता एवम् पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोको ९० वर्षको उमेरमा निधन भएको छ ।
क्यूबाको सरकारी टेलिभिजन र समाचार एजेन्सीहरुले क्यास्ट्रोका भाई राउललालाई उद्धृत गर्दै फिडेल क्यास्ट्रोको निधन राति साढे ८ बजे भएको पुष्टि गरेका छन् ।
क्यूबामा कम्युनिष्ट क्रान्तिका जनक मानिने फिडेल क्यास्ट्रोले सन् २००८ मा गम्भीर विरामी भएपछि पदबाट राजीनामा दिई आफ्ना भाई राउल क्यास्ट्रोलाई सत्ता सुम्पिएका थिए ।
उनको अन्तिम संस्कार आजै शनिबार हुने भएको छ ।
सन् १९५९ मा क्यूबाका तनाशाह फुलखेंशियो बटिस्टालाई सत्ताच्यूत गरेर क्यास्ट्रोले क्यूबामा कम्युनिष्ट सत्ताको स्थापना गरेका थिए ।
आधा शताब्दीसम्म क्यूबामा शासन गरेका क्यास्ट्रो विश्वकै चर्चित कम्युनिष्ट नेतामा गनिन्थे ।
शीतयुद्धका बेला सोभियत सेनालाई अमेरिकविरुद्ध आफ्नो सीमानामा मिसाइल तैनात गर्ने मञ्जुरी दिएर क्यास्ट्रो विश्वमा चर्चाको विषय बनेका थिए ।