देशलाई भ्रष्टाचार मुक्त बनाउन श्रीलंकामा पाँचवर्षे अभियान
देशलाई भ्रष्टाचार मुक्त बनाउने उद्देश्यले श्रीलङ्कामा पाँचवर्षे भ्रष्टाचार विरुद्धको पाँच बर्षे अभियान सुरु भएको छ ।
राष्ट्रपति मैत्रीपाला सिरिसेनाले सोमबार अभियानको सुरुवात गरे ।
अधिकारीहरूका अनुसार उक्त अभियानको उद्देस्य आगामी सन् २०२३ सम्ममा देशलाई भ्रष्टाचार मुक्त बनाउने रहेको छ ।
अभियान अन्तर्गत दोषीलाई कानुनी कारबाहीका प्रक्रियाहरु आक्रामक रूपमा अगाडि बढाइने राष्ट्रपति सिरिसेनाले शुभारम्भ कार्यक्रममा बताए ।
संघीय र प्रान्तीय कार्यालयका सरकारी अधिकारी, राजनीतिज्ञ, सामाजिक कार्यकर्ताहरुलगायतका विरुद्धमा पनि अभियान चलाइने उनको भनाई छ ।
अभियान सुरुवात कार्यक्रममा चार ओटा हातेकिताव पनि सार्वजनिक गरिएको छ । रासस/सिन्ह्वा