संविधान संशोधन विधेयक तयार, आइतबार संसदमा
सरकारले तयार पारेको संविधान संशोधन विधेयक १२ मंसीर, आइतबार विधेयक संसदमा दर्ता गराउने भएको छ । हिंजो १० मंसीरमा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ दलको बैठकले मस्यौदालाई अन्तिम रूप दिएको हो ।
संघीय प्रदेशको सीमांकन, नागरिकता, राष्ट्रिय सभाको प्रतिनिधित्व र राष्ट्रिय भाषाको विषयलाई समेटेर संविधन संशोधनको मस्यौदालाई अन्तिम रूप दिइएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले जनाए ।
प्रस्ताविद विधेयकबारे आज राप्रपासहित साना दल र सत्तारूढदलभित्रै छलफल हुँदैछ ।
संशोधनमा ५ नम्बर प्रदेशका पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुमको पूर्व भाग, रोल्पा र प्यूठानलाई प्रदेश नम्बर ४ मा राख्ने,
सबै प्रदेशबाट ५ जना सुनिश्चित हुने गरी जनसंख्याका आधारमा राष्ट्रिय सभामा प्रतिनिधित्व गरिने,
वैवाहिक अंगीकृत महिलालाई नागरिकता दिने तर नागरिकता पाउनु अघि पहिले नागरिक रहेको मुलुकको नागरिकता त्यागेको हुनु पर्ने,
भाषा आयोगले दिएको सिफारिसअनुसार सरकारले निर्णय गर्ने र त्यस्तो निर्णयलाई अनुसूचीमा राख्ने गरी संशोधन गरिने भएको छ