भारत समूह विजेता, सेमिफाइनलमा नेपाल र श्रीलंका भिड्ने
श्रीलंकालाई ०–५ गोल अन्तरले हराउँदै भारत साफ महिला फूटबल च्याम्पियनसीप अन्तर्गत ‘समुह बी’को विजेता बनेको छ।
विराटनगरको शहीद रंगशालामा आइतबारको खेलमा भारतले पहिलो हाफमा ४ र दोस्रो हाफमा १ गोल गरेको थियो ।
भारतका तर्फबाट संगीता बासफोर, रतनबाला देवी, ग्रेस डाङमे, इन्दुमती कठिरेसन र सन्धिया रंगनाथन्ले गोल गरे ।
आइतबारको खेलसँगै प्रतियोगिताको सेमिफाइनलको समीकरण पूरा भएको छ ।
अब ‘समूह ए’ को विजेता नेपालले फाइनल प्रवेशका लागि ‘समूह बी’को उपविजेता श्रीलंकालाई पराजित गर्नुपर्नेछ ।
दोस्रो सेमिफाइनल भारत र बाङ्लादेशबीच हुनेछ ।
दुवै सेमिफाइनल ५ चैतमा दुवैं सेमिफाइनल खेल हुनेछ ।