साफ महिला फूटबलः नेपालको विजयी शुरुआत
साफ महिला फूटबल च्याम्यिनसिप प्रतियोगिताको पहिलो खेलमा नेपाल विजयी भएको छ ।
आज विराटनगरको शहीद मैदानमा भएको उद्घाटन खेलमा नेपालले भुटानलाई ३–० ले पराजित गरेको हो ।
कप्तान निरु थापा, साबित्रा भण्डारी र मञ्जली योञ्जनले १/१ गोल गरे । खेलको १३औं मिनेटमा मञ्जलीले, १६औं मिनेटमा साबित्रा र ५५औ मिनेटमा निरुले गोल गरेका हुन् ।
खेल अवधिभर एक पटक मात्रै भुटानका खेलाडीले नेपालको पोष्टमा प्रहार गर्ने मौका पाएका थिए । जुन सदुपयोग हुन सकेन । खेल पूर्ण रुपमा नेपालको नियन्त्रणमा थियो ।
उद्घाटन खेलमा दर्शकको उपस्थिति भने अत्यन्तै न्यून थियो । अब नेपालले २ चैतमा बाङ्लादेशसँग खेल्नेछ । भोलि, २९ फागुनमा भारत र माल्दिभ्सबीच प्रतिस्पर्धा हुँदैछ ।
कमल रिमाल, विराटनगर