खेलकुदसोमबार, २७ फाल्गुण , २०७५

मुख्यमन्त्री कपका खेलाडीलाई बिदाई

कमल रिमाल

कैलालीको धनगढीमा हुने प्रथम मुख्यमन्त्री कप अन्तरप्रदेश खेलकुद प्रतियोगितामा भाग लिन जाने प्रदेश १ का खेलाडीलाई सोमबार सामाजिक विकास मन्त्री जीवन घिमिरेले बिदाई गरेका छन् ।

क्याप्सनः खेलाडीलाई बिदाई गर्दै मन्त्री घिमिरे । तस्वीरः कमल रिमाल

प्रतियोगिता २९ गतेदेखि हुँदैछ ।

खेलाडीहरुलाई मन्त्री घिमिरेले राष्ट्रिय झण्डा र प्रदेश १ को लोगो दिएर बिदाई गरेका हुन् ।

पूर्वाञ्चल खेलकुद विकास समितिका अध्यक्ष रबिद नगरकोटीका अनुसार, प्रदेश १ का ९२ खेलाडीले चारवटा खेलमा प्रतिस्पर्धा गर्दैछन् । उनका अनुसार, क्रिकेट, भलिबल र ब्याडमिन्टनमा महिला र पुरुष तथा फुटबलमा पुरुष खेलाडीले सहभागिता जनाउंने छन् ।

प्रतियोगिता विजेता प्रदेशलाई रु. १५ लाख, दोस्रोलाई रु. १० लाख पुरस्कारको व्यवस्था गरिएको छ ।

क्याप्सनः खेलाडीलाई बिदाई गर्दै मन्त्री घिमिरे । तस्वीरः कमल रिमाल

 

प्रतिकृया दिनुहोस