कला/साहित्यशनिबार, २५ फाल्गुण , २०७५

संगीतकार हस्तबहादुर थापाको 'मेरो जीवनयात्रा'

हिमालखबर

संगीतकार हस्तबहादुर थापाको आत्मकथा मेरो जीवनयात्रा विमोचन भएको छ । 

८७ वर्षीय थापाको आत्मकथा २५ फागुनमा पूर्व प्रहरी महानिरीक्षक खड्गजीत बरालले विमोचन गरे ।

बेलायती सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीमा संगीत प्रशिक्षकका रुपमा काम गरेका थापाको आत्मकथा रत्न पुस्तक भण्डारले प्रकाशन गरेको हो ।

विमोचन समारोहमा पूर्व प्रहरी महानिरीक्षक हेमबहादुर सिंह र पूर्व मेजर त्रिलोकसिंह थापा क्षेत्रीले थापाको योगदानको चर्चा गरेका थिए ।

२८ वर्ष बेलायती सेनाको ब्रिटिस गोर्खा ब्याण्डमा विताएका थापाले २०३४ देखि नेपाल प्रहरीमा संगीत प्रशिक्षकका रुपमा प्रवेश गरेका थिए ।

२०५४ मा नेपाल प्रहरीको उपरीक्षकबाट अवकास लिएपछि सशस्त्र प्रहरीमा संगीत प्रशिक्षकका रुपमा काम गरेका थिए । सशस्त्र प्रहरीमा उनकै नेतृत्वमा संगीत ब्याण्ड स्थापना भएको हो ।

प्रतिकृया दिनुहोस